महोत्तरीमा भारतीय रुपैयाँसहित एकजना पक्राउ

0
514

गौशाला,(महोत्तरी) १६ ,असार ।  महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्ड्य रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताउनुभयो । Rising Star jpgगएराति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा चढी भारतीय रुपैयाँ बोकेर जिल्ला सदरमुकाम जलेश्वरतिर जाँदै गरेका पाण्डेलाई जलेश्वर–मटिहानी सडकखण्डको जलसागर नजिकै सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनी भारतीय रुपैयाँको अवैध कारोबार गर्ने गरेको आशङ्का गर्दै उनलाई रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि गएराति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।