मोरङ, १७ असार । बिकाश भन्दा बढि विकृति र विसङ्गति बढेको ठहर गर्दै मोरङमा रमाइलो मेला सञ्चालनमा रोक लगाएकोछ। प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासनले पूर्णरुपमा रोक लगाएको हो । प्रशासनले तत्कालका लागि कुनै पनि स्थानमा रमाइलो मेला सञ्चालननगर्ने बताएको छ । मेलामा खेलाइने जुवाजन्य खेलले पैसाको हारमार हुने, झैझगडा हुने लगायतका विकृति निम्त्याउने तथा यसले प्रहरी र प्रशासनलाई समेत विवादमा तान्ने गरेका कारण पछिल्लो समय कडा गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताउनुभयो । मेलामा कानुनद्वारा वर्जित गरिएका घिर्नी राखेर खेलाइने खेल, लक्की सेभेन, लङ्गुरबुर्जासमेतका जुवा जन्य खेलहरु खेलाइने गरेको पाइएपछि मेलालाई नै बन्देज लगाइएको उहाँको भनाइ छ । मेला सञ्चालन गरेर रमाइलो गर्ने नाममा जुवाजन्य खेलहरु खेलाइँदा र खेल्दा धेरै पैसाको हारमार हुने गरेको पाइएपछि कडाइ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताउनुभयो । उहाँले मेला भनेर अनुमति लिएर जुवा खेलाउने गरेको पाइएका कारण मेलामा स्वच्छता ल्याउन पनि कडाइ गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।