न्यूयोर्कका मेयरद्धारा ब्यापार मेला सफल बनाउन आग्रह गर्दै शुभकामना ब्यक्त

0
504

असार १८ काठमाण्डौ,प्रकाश चन्द्र दाहाल । आगामी सैप्टेमवर ३० देखि अक्टोबर २ सम्म अमेरीकाको न्युर्योकमा हुने नेपाली बस्तुहरुको बृहत प्रदर्शनीको सफलताको शुभकामना आउने क्रम शुरु भएको छ । अमेरीकाको न्यूयोर्कका मेयर बिल डे ब्लासियोले एक शुभकामना सन्देश जारी गर्दै ब्यापार मेलाको सफलताले दुबै देशको आर्थिक बिकासमा सहयोग पुग्ने बताउनु भएको छ ।trade
ब्लासियोद्धारा जारी शुभकामना सन्देशमा न्यूयोर्कमा हुनलागेको नेपालका बस्तुहरुको बृहत प्रर्दशनीमा तपाईहरुलाई स्वागत गर्न पाउंदा एकदमै खुशि भएको छु । अमेरीकालाई बिश्वब्यापीरुपमा आर्थिक आविस्कारक र सम्पन्न बनाउनका लागि आप्रवासी समुदायले ठुलो सहयोग गरेको स्मरण गर्दै नेपाली समुदायले गर्न लागेको ब्यापार मेलाबाट दुबै देशलाई लाभ हुने जनाइएको छ । नेपाली र अमेरीकी जनताले प्रत्येक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । मेला नेपाली ब्यापारी,पर्यटन ब्यबसायी,प्रशिक्षक र कृषि उत्पादकहरुलाई आफ्नो सामान र सेवा बिस्तार गर्ने महत्पवुर्ण अवसर भएको बताइएको छ । जुन स्थानबाट उत्पादक र ग्राहक बिचको सम्बन्ध बिस्तार गर्ने महत्वपूर्ण अवसर भएको सन्देशमा लेखिएको छ । आर्थिक बिकासका लागि मेला आयोजक,प्रर्बद्धक लगायत सबैलाई मेलामा सहभागी हुन आग्रह गरिएको छ । सो अवसरमा संस्कृतीको बिकास गराउन मेला फलदायी होस् भन्ने शुभकामना समेत दिइएको छ । न्यूयोर्कमा हुन लागेको मेला सफल बनाई दुइ देशबिचको सम्बन्ध मजबुद बनाइ दिन नेपाली तथा अमेरीकी नागरीकलाई आग्रह गरिएको छ ।
यता आयोजक संस्था वल्र्ड बिजनेश म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले मेलालाई परिणामुखि बनाउन कुनै कसर बांकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । ३७२ वटा स्टलमा नेपाली हस्तकलाका सामानहरुको प्रदर्शनीको आयोजना गर्ने तयारी भए पनि मेलामा सहभागी हुन बिश्वभरका ब्यबसायीले इच्छा देखाएकाले राम्रा उत्पादन गरिरहेका र बिगतमा पनि अन्तराष्ट्रिय प्रदर्शनीहरुमा भाग लिएका उद्योगहरुको छनौट गर्ने कार्य भैरहेका जानकारी दिनु भइको छ । मेलामा सहभागी हुन चाहने उद्योगहरुका लागि जुन महिना सम्मका लागि बुकिङ गर्ने समय दिइएको थियो ।