राजविराज,२० असार । गएराति कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगमा आतङ्क मच्चाएर दुई घरमा तोडफोड गरेका छन् । आरक्षबाट दुईवटा समूहमा निस्केको हात्तीले सप्तकोसी नगरपालिका–२ फतेपुरका गणेश पौडेल र कञ्चरुप नगरपालिका–६ का रामचन सदाको एक\एकवटा घर भत्काएर क्षति पु¥याएको प्रहरी निरीक्षक गौरव महतले बताउए । ती हात्तीले पौडेल र सदाको घरमा रहेको खाद्यान्न, अन्नपात भाँडावर्तन, लत्ताकपडासहितका सामानमा ठूलो क्षति पु¥याएको पीडितले बताएका छन् । हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय कञ्चपुरबाट गएको प्रहरीको टोलीले आरक्षतर्फ लखेटेका छन् ।