काठमाडौ । छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार रसियाको याकुज प्रस्थान गरेका छन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्सको पुरुष ५५ केजीमा रोशन डोङ तथा महिला ४८ केजीमा सारदाकुमारी खत्रीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा मोहन सुनुवार छन् । उनीहरुलाई नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।