प्रतिकुल मौसमका कारण डोल्पामा हवाई सेवा बन्द

0
300

डोल्पा २३ असार । डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल हवाइरुटमा समस्या आएपछि बन्द भएको छ । नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा अबिरल वर्षात् र कुहिरोले बिजिबिलीटि कम भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ साथै कुहिरोले विमानस्थल समेत छोपेको प्राधिकरणले जनाएको छ । Rising Star jpgविमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको गुनासो उनीहरुले गरेका छन् । चार दिनदेखि विमानस्थल बन्द भएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै पैदलमार्ग गर्न बाध्य भएका छन् ।