असार २५ काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब दलहरु बीच हुने सहमतीले देशका सबै समस्याको समाधान गर्ने बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र नं.१ ले १० नं.वडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस सत्तामा जानका लागि मात्रै आतुर नभएको भन्दै अहिलेको मुख्य चुनौती भनेकै संबिधानको कार्यान्वयन भएकाले त्यसैमा केन्द्रीत भएको स्पष्ट पार्नु भयो । ओली नेतृत्वको सरकारले जनतालाई गुमराहमा पार्ने गरि आर्थिक परिधि बाहिरबाट बजेट लयएकाले यो बजेटबाट जनताले उपलब्धि पाउन नसक्ने ठोकुवा गर्नु भयो । सरकारका मन्त्रीहरुले गरेको आर्थिक र नितीगत भ्रष्टाचारले देशलाई पछाडि धकलेको भन्दै सिंहले आगामी सरकारले त्यसको छानविन गर्ने बताउनु भयो । अर्को प्रसंगमा नेता सिंहले पार्टीको महाधिबेशन सम्पन्न भएको ४ महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसक्नु दुखद भएको बताउनु भएको छ । बिगतमा पार्टी बिधि बिधानमा चल्नुपर्छ भन्नेले पार्टीको नेतृत्वमा पुगेपछि कीन बिधान सम्मतरुपमा पार्टी नचलाएको भन्दै सभापतिलाई प्रश्न समेत गर्नु भएको थियो । पार्टी बिधि बिधान अनुरुप चलेमा मात्रै बलियो हुने सिंहको भनाइ थियो ।