असार २५ काठमाण्डौ । अमेरिकाको ड्यालसमा पाँचजना प्रहरी मारिने गरी भएको आक्रमण एकजना मात्र बन्दुकधारीले गराएको देखिएको अमेरीकी सरकारले जनाएको छ ।उक्त हमलाकारीको नाम माइका जनसन भएको र उनले विगतमा अमेरिकी सेनामा काम गरेको सरकारले पुष्टि गरेको छ।उसलाई घेराबन्दी गरि लुकिरहेको स्थानमा रोबोटबाट बम खसाएर हत्या गरिएको थियो।उक्त घटनापछि मारिएका पाँच प्रहरी अधिकारीहरु प्रति सम्मान व्यक्त गर्न राष्ट्रपति बराक ओबामाले सार्वजनिक भवनहरुमा आधा झण्डा झुकाउन आदेश दिएका छन्।बन्दुकधारीले एउटा घरको छतमा बसेर निशानेवाजले जस्तै गरी हमला गरेको थियो। त्यसपछि उक्त २५ वर्षे व्यक्तिले एउटा ग्यारेजमा लुकेर घण्टौँसम्म प्रहरीमाथि गोली चलाएको बताइएको छ।
उनलेएउटा रोबोट पठाएर लुकिरहेको स्थानमा बम खसाएका थिए र उक्त बिस्फोटनमा हमलाकारीको मृत्यु भएको थियो।
ड्यालसमा भएको पछिल्लो रक्तपातपछि अमेरिकी नेताहरुले मानिसहरुलाई धैर्य धारण गर्न आग्रह गरेकाको बिबिसिले जनाएको छ ।