मजदुर सङ्गठनको अध्यक्षमा जम्मरकट्टेल निर्वाचित

0
457

काठमाडौँ, २६ असार । अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायत विभिन्न छवटा मजदुर सङ्गठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

आज अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किराती र कुमार छन्त्याललाई चयन गरेको छ । Rising Star jpg

नवनिर्वाचित उपाध्यक्ष रेग्मीका अनुसार अधिवेशनले महासचिवमा जगत सिंखडालाई निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको पेसागत हित, श्रम ऐनको कार्यान्वयन एवम् बदलिँदो परिवेशमा समयानुकूल श्रम तथा सोसँग सम्बन्धित ऐन नियमको निर्माणलगायतका विषयमा राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।

यस्तै, श्रम तथा श्रमिकका माग पूरा गराउन सरोकार भएका सबै पक्षहरुको सर्वपक्षीय परामर्शमा जोड दिने, सामाजिक सुरक्षा कोषको रकमको सदुपयोगलगायतका विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनले सङ्गठनको नामसमेत अखिल नेपाल ट्रेड युनियन महासङ्घ नै कायम गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो ।