अमेरीकामा जातिय बिभाजन आउंदैन : ओबामा

0
529

असार २६ काठमाण्डौ,एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले, हालै अफ्रिकी अमेरिकी र प्रहरीबीच भएको गोलीहानाहानका घटनापछि, केही व्यक्तिले भने जस्तो अमेरिकामा जातीय विभाजन नदेखिएको बताएका छन्।
उनले ती दुइ जाति बीचको सम्बन्ध सन् १९६० को दशककै अवस्थामा फर्किएको कुरा सत्य नभएको ओबामाले बताएका हुन।
अज्ञात व्यक्तिबाट आएको टेलिफोन धम्कीपछि ड्यालसको प्रहरी मुख्यालयमा बढाइएको सुरक्षा सतर्कता छानबिनपछि सामान्य अवस्थामा फर्किएको छ।Rising Star jpg
यसअघि त्यहाँका सडकहरुलाई घेराबन्दी गरिएको थियो र एउटा ग्यारेजमा खानतलासी गरिएको थियो।

ड्यालसमा वा अन्य जहाँ भएपनि प्रहरीमाथि भएको अक्षम्य आक्रमणको विरुद्ध सबै जाति र पृष्ठभूमिका अमेरिकीहरु स्वाभाविक रुपमा आक्रोशित भएको उनको भनाई थियो ।

गतसाता दुई अमेरिकी राज्य मिनसोटा र लुजियानामा दुइजना अफ्रिकी अमेरिकीको प्रहरीले गोली हानी हत्या गरेपछि अमेरिका भर त्यसको विरोधमा प्रदर्शनहरु भइरहेका छन्।
त्यसक्रममा बिहीबार ड्यालसमा भएको प्रदर्शनका क्रममा एकजना अश्वेत नागरिक माइका जनसनले गोली हानी पाँचजना श्वेत प्रहरीको हत्या गरेका थिए।
उनले केही दिनअघि श्वेत प्रहरीले दुईजना अफ्रिकी अमेरिकी नागरिकको हत्या गरेपछि क्रोधित भएर आफूले प्रहरीहरुको हत्या गरेको बताएका थिए।
पोल्याण्ड पुगेका राष्ट्रपति ओबामाले नेटो सम्मेलनमा बोल्दै भने, दृढ रुपमा विश्वस्त छु कि केही मानिसले भनेजस्तो अमेरिका विभाजित भएको छैन। ड्यालसमा वा अन्य जहाँ भएपनि प्रहरीमाथि भएको अक्षम्य आक्रमणको विरुद्ध सबै जाति र पृष्ठभूमिका अमेरिकीहरु स्वाभाविक रुपमा आक्रोशित भएका छन्।