सगरमाथा क्षेत्रमा फोहोरको मात्र घट्दै

0
366

असार २६ काठमाण्डौ । आरोहीहरुले नै निश्चित फोहोर संकलन गर्ने नियम लागू गरिएपछि विगतको दाँजोमा हाल सगरमाथा क्षेत्रको फोहोर घट्दै गएको त्यस क्षेत्रको प्रदुषण नियन्त्रणमा काम गरिरहेका अधिकारीहरुले बताएका छन्।
यसपालिको आरोहण याममा झन्डै ३५ सय किलो फोहोर संकलन गरिएको र त्यसको व्यवस्थापनको अन्तिम चरणको काम भइरहेको बताइएको छ।Rising Star jpg
यो वर्ष झन्डै साढे चार सयले सगरमाथा आरोहण गरेका थिए।
सरकारले प्रत्येक आरोहीले ८ केजी फोहोर संकलन गरेर ल्याउनुपर्ने नियम बनाएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगबाट झन्डै दुई दशकदेखि शुरु गरिएको सगरमाथा सफाइ अभियानले प्रभावकारी रुप लिने क्रममा अहिले निकै कम मात्र फोहोर उच्च हिमाली क्षेत्रमा बाँकी रहने गरेको सरकारी अधिकारीहरु बताउँछन्।