स्वाभिमान अभियान सम्पन्न

0
619

काठमाडौँ, २६ असार ।  मानव अधिकार तथा शान्ति समाजले स्वाभिमान अभियान देशका ६१ जिल्लाका ६४ स्थानमा सम्पन्न गरेको छ । स्वाभिमान अभियान अन्तर्गत ‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता सद्भाव र आत्मसम्मान’ भन्ने मूल विषयमा केन्द्रित रही यही असार १८ देखि २४ गतेसम्म चौथो चरणमा सात जिल्लाका आठ स्थानमा जागरणसभा सम्पन्न भएको छ । Rising Star jpgसो अभियान अन्तर्गत सिन्धुपाल्चोकको भोटेचौर, दोलखाको चरीकोट, रामेछापको मन्थली, काभ्रेपलाञ्चोकको बनेपा, नुवाकोटको विदुर, रसुवाको कालिकास्थान र ललितपुरको मङ्गलबजारमा खुल्ला जागरणसभा र दोलखाको जिरीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष गङ्गाधर अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ चैत ६ गते मोरङको विराटनगरबाट जागरणसभा प्रारम्भ भएको थियो ।