एसियाकै सबैभन्दा लामो सुरुङ निर्माण कार्य सम्पन्न

0
679

 बेइजिङ । Rising Star jpg रेल क्षेत्रमा लगातार नयाँ नयाँ कीतिमान कायम गर्दै आएको चीनले अब एसियाको सबैभन्दा लामो सुरुङ निर्माण कार्य पूरा गरेको छ। चीनले उत्तर पूर्वी शांक्सी प्रान्तमा तिब्र गतिको रेलका लागि डबल ट्र्याक भएको १६ किलोमिटर सुरुङ निर्माण गरेको हो । यो एसियाको सबैभन्दा लामो सुरुङ हो । सुरुङ निर्माणकर्ताहरुले यो सुरुङ किनलिंग पहाड काटेर निर्माण गरे का हुन् । यो सुरुङले उच्च गतिको रेल लाइनलाइ प्रान्तीय राजधानी शियानलाई दक्षिण पश्चिम शचुआन प्रान्तस्थित तेंगदुलाई जोड्नेछ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६४३ किलोमिटर लामो यो लाइन २५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने रेलका लागि डिजाइन गरिएको हो । यसले दुई सहरबीच १६ घण्टा लाग्ने यात्रालाई मात्र ३ घण्टामा झार्नेछ । यो प्रान्तीय राजधानी शियान र दक्षित पश्चिम प्रान्त शिचुआनको चेंगदुलाई जोड्ने हाइस्पीड रेल्वे लाइनको हिस्सा हो ।