यूरो कपको उपाधि पोर्चुगलको पोल्टामा,पोर्चुगलमा बिजयोत्सव मनाईदै ।

0
583

असार २७ काठमाण्डौ । फ्रान्सको राजधानी प्यारिसमा आयोजक फ्रान्सलाई शून्यका विरुद्ध एक गोलले हराउँदै युरो कप २०१६ को उपाधि पोर्चुगलले जितेको छ । उपाधि जितेपछि पोर्चुगलमा उल्लासपूर्ण विजय उत्सव मनाइंदैछ।
लिजबनका चोकहरुमा जम्मा भएको भीडले नाचगान गर्दै राष्ट्रिय झण्डा फहराएर खुशी मनाइरहेका छन्।
प्यारिसस्थित स्टाड ड फ्रान्स रंगशालामा भएको अन्तिम खेलमा ११० औं मिनेटमा गोल गर्दे एडेरले उपस्थित ठूलो संख्याका फ्रान्सेली समर्थकलाई निराश बनाएका थिए।
आफ्ना मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा घाइते हुँदै मैदानबाट बाहिरिएपनि पोर्चुगललले बहादुरीका साथ खेलेको थियो।Rising Star jpg

फ्रान्सका डिमित्री पाएटसँग जुध्ने क्रममा घुँडामा चोट लागेपछि खेलको २५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले रुदै मैदान छाडेका थिए।
उपाधिको प्रबल दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिबाट फाइदा उठाउन सकेन।
तर निर्धारित समय सकिन लाग्दा पाएको गोलको सुनौलो मौका उसले खेर फालेको थियो।
१०८ औँ मिनेटमा पोर्चुगलका राफेल गेहिरोको फ्रि किक गोलपोस्टमा ठोकिएको थियो तर त्यसको लगत्तै २५ यार्ड टाढाबाट एडरले गोल प्रहार गरेका थिए।cup
अन्तिम समयमा आफ्नो टोलीलाई मैदान बाहिरबाट प्रशिक्षक फर्नान्डो सान्टोसँग मिलेर रणनीतिक सुझाव दिएका रोनाल्डो समय सकिएको सिट्टी बजेपछि ट्रफी उचाल्नुअघि फेरि आँसुमा डुबेका थिए।
आफ्ना क्लबहरुलाई विभिन्न उपाधि उनले जिताए पनि राष्ट्रिय टोलीले कुनैपनि महत्वपूर्ण उपाधि हात पार्न सकेको थिएन।
यसअघि सन् २००४ मा लिजबनस्थित स्टेडियम अफ लाइटमा भएको युरोको फाइनलमा ग्रीसले पोर्चुगललाई एक शून्यले निराश बनाएको थियो।
पोर्चुगल सन् २००६ को फुटबल विश्वकपको सेमिफाइनलबाट र सन् २०१२ को युरोकप सेमिफाइनलबाट बाहिरिएको थियो।

पोर्चुगलले प्रमुख अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो।
यसअघि बिहिबार मर्सेमा भएको सेमिफाइनलमा जर्मनीलाई हराएपछि फ्रान्सले ठूलो अपेक्षा र केही गर्ने भावनासहित फाइनल खेल खेलिरहेको थियो।eur
फ्रान्सेली गोलरक्षक लिओरिशले युरो २०१६ ले आफ्ना देशका नागरिकहरुलाई १३० जनाको ज्यान लिने गरी नोभेम्बरमा भएको प्यारिस हमलाको पीडा बिर्साउन मद्दत गरेको बताए।
फ्रान्सेली खेलाडीहरुले उक्त पीडा भूलेर गर्व लायक खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए तर सेमिफाइनलमा जर्मनीलाई हराउँदाको जस्तो लय दोहोर्याउन नसकेपछि उनीहरुको अभियान सुखद रुपमा अन्त्य हुन सकेन्।