शशस्त्र प्रहरीलाई बसोबासको समस्या

0
382

बैतडी, २७ असार । बैतडीको पाटनमा शशस्त्र प्रहरीलाई बसोबासको समस्या भएको छ । इलाका प्रहरी कार्यालय पाटनभित्र बस्ने ठाउँ नहुँदा शशस्त्र प्रहरीका जवानलाई बसोबासको समस्या भएको हो । संविधानसभाको निर्वाचनको समयदेखि बैतडीको पाटनमा शशस्त्र प्रहरी खटाइएको थियो । त्यसैबेलादेखि दङ्गा प्रहरीलाई बसोबासको समस्या रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कृष्ण साउँदले बताउनुभयो ।अहिले महिला तथा बालबालिका कार्यालयको हलमा प्रहरीले बसोबास गरिरहेका छन् । हलमा कार्यक्रम भएका समयमा अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । शान्ति सुरक्षाका साथसाथै विपद् व्यवस्थापनका लागि राखिएको प्रहरीलाई बसोबासका लागि आफ्नै भवन नहुँदा असुरक्षित रुपमा बस्नु परिरहेको प्रहरी निरीक्षक साउँदले उल्लेख गर्नु भयो ।