न्युयोर्कमा हुने ब्यापार मेला सफल बनाउन अमेरीकी ब्यापारीहरु सक्रिय ।

0
747

असार ३० काठमाण्डौ प्रकाश चन्द्र दाहाल । गैर आवासीय नेपाली ब्यबसायीहरुद्धारा सञ्चालीत वल्डविज्नेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले अमेरीकामा आयोजना गर्ने नेपाली सामान तथा बस्तुहरुको अन्तराष्ट्रिय प्रदर्शनीको मिती नजिंकिदै गर्दा अमेरीकाका स्थानिय संघ संस्थाहरु प्रबद्र्कको रुपमा आवद्धहुने क्रम जारी रहेको छ । मेलालाई सफल बनाउन आयोजक वल्डविज्नेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट र अमेरीकाका बिभिन्न ब्याबसायिक संस्थाहरुसंग आबद्धता जनाउने क्रम जारी रहेको छ । पछिल्लो आवद्धता अनुसार न्युर्योक चेम्वर अफ कमर्श,क्वीन चेम्वर अफ कमर्श,हट्सन चेम्बर अफ कमर्श,म्यानहटन चेम्बर अफ कमशले प्रबद्र्धकको रुपमा आवद्धता जनाएका छन् । बिभिन्न मुनाफा कमाउने ब्यबसायीको क्षमता अभिबृद्धिमा नेपालको ब्याबसायीलाई प्रबद्र्धन गर्न जोड दिने उद्धेश्यले वल्र्ड विज्नेश मेनेज्मेन्टसंग सम्झौता भैसकेको छ ।
सन २०१६ को सेप्टेम्वर ३० देखि अक्टोबर २ सम्म न्युयोर्कको मुख्य ब्यापारीक केन्द्र म्यान हटनको पियर ९२ मा ब्यापार मेला हुंदै छ । ब्यापार मेलामा नेपाल सरकारका एजेन्सी,निजी औद्योगीक संस्था तथा कार्यक्रमका सहयोगी र प्रबर्दकहरु नेपाली र बिदेशी गरी डेढ दर्जनको संख्यामा आबद्ध भएका छन् । मेलामा १० हजार भन्दा बढि उत्पादनहरुको ब्यापार हुने लक्ष्य आयोजकले लिएको छ । निजी क्षेत्रका उद्योगीहरुको उत्साजनक सहभागीताले आयोजकलाई हौसला मिलेको आयोजक वल्डविज्नेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मेलाको मुख्य उद्धेश्य भनेको नेपालका साना तथा मध्यम बर्गीय ब्यबसायीहरुको माध्यमबाट बिभिन्न क्षेत्रमा रहेका संघ संस्थालाइ सुब्यबस्थित र प्रबर्दन गर्नु भएको बिज्ञप्तीमा जनाइएको छ । trade
बिभिन्न ६६ प्रकारका नेपाली उत्पादनका सामानलाई भन्सार कर छुट दिने सम्झौता भएको छ । जस्मा कारपेट,हेडगियर,पस्मिना,स्कार्फ र यात्राका सामानहरु समाबेस रहेका छन् । ब्यापारीक मेलामा पाईने उत्पादनहरु डेरीका उत्पादन,हाते कागज,चिया र कफि,फाईन आर्ट,खुकुरी,जलबिद्युत उत्पादनका सामाग्री,गार्मेन्ट उद्योग,पर्यटन,होटल,हस्तकलाका समाग्री,नेपाली उत्पादनका मह लगायत रहेका छन् । मेलामा राखिने सबै प्रकारका बस्तु तथा सामानहरुको बारेमा थप जानकारीका लागि wbmconsultants.com भिजीट गर्नसक्नुहुने छ ।
“दिर्घकालीन र सरल ब्यापार कारोबारका लागि अमेरीकी सरकारको सहयोगले आयोजकलाई उत्साहित बनाएको” वल्डविज्नेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले भन्नु भयो । उहाँका अनुसार ब्यापार मेलाको उद्धेश्य द्धिपक्षीय र दिर्घकालीन रहेको छ । अमेरीकामा रहने उपभोक्ता र नेपालका निर्यातकर्ता तथा अन्तराष्ट्रिय क्षेत्रका ब्यापारीलाई पारस्पारीक लाभ हुने आशा गरेका छौ रेग्मीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । नेपालबाट आयात हुने सामानहरुको प्रद्रर्शनीको अबलोकन गर्न अमेरीकाका ब्यापारीहरुलाई निमन्त्रण गरिसकिएकाले ब्यापार मेलाको उद्धेश्य पुरा हुने रेग्मीले बताउनु भयो । १० बर्ष लामो शसस्त्र संघर्ष पछि नेपालको आर्थिक क्षेत्रमा बिकासको ढोका बन्द हुने अवस्थाको श्रृजना भयो । आन्तरीक संघर्षले थलिएको नेपालले पछिल्लो समय भोग्नु परेको विनासकारी भूकम्पका कारण मानविय र भौतिक क्षतिलाई बिर्सदै आर्थिक बिकासको बाटोमा लाग्नु बिदेशमा भएका नेपालीहरुका लागि प्रेरणको स्रोत बन्यो ।
नेपाली ब्याबसायका बिज्ञहरुले आफ्नो उत्पादनलाई नयां ढंगबाट बिश्व बजारसम्म फैलाउन सुरु गरि सकेका छन् । अझै नयां संबिधान जारी भए संगै थुप्रै किसिमका अवसरका ढोकाहरु खुलेका छन् । आर्थिक समुन्नती र ब्यापार मैत्री सम्बन्ध बिस्तारका लागि नयां उपयुक्त वातावरण बनेको छ ।
न्युर्योकका मेयर बिल डे ब्लासियोले पनि मेलाको सफलताको लागि आयोजकलाई शुभकामना सन्देश दिइसकेका छन् । नेपालका ब्यबसायिक कार्यको लागि कानूनी ब्यबस्था सहजी करण गराउनका लागि अमेरीकी राष्ट्रपति बराक ओबामाद्धारा मेयरमा बिललाई नियुक्त गरिएको हो ।