महत्वपूर्ण निर्णय नगर्न बर्तमान सरकारलाई कांग्रेस- मावबादीको चेतावनी

0
304

काठमाडौ, ३० असार ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई खबरदारी गरेका छन् । माओवादीले र कांग्रेस नयाँ सरकार गठन गर्न सहमत भएका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । Rising Star jpgकांग्रेस र माओवादीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार काम चलाउ हैसियतमा मात्र रहेको बताएका छन् ।
‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’