असार ३१काठमाण्डौ । बैंकमा लगानी गरेका सांसदहरुको सक्रियतामा अर्थ समितिले बैंक तथा बित्तय संस्थाका सञ्चालकहरुको कार्यकाल नोतोकि संसदमा पठाएको बाफीयाको बैकरद्धारा बिरोध हुन थालेको छ । धेरै बैंकर्शहरुले कार्यकाल तोक्न नहुने धारणा सहित पहल गरिरहेको बेला केहि बैंकर्षले भने कार्यकाल तोक्नै पर्ने धारणा राखेका हुन् । एपेक्स डेभलप्मेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालले एक कार्यकाल नै प्रयाप्त हुने र बढिमा दुई कार्यकाल भन्दा बढि एउटै व्यक्ति सञ्चालक वा अध्यक्ष हुन नपाईने व्यवस्था गरिनु पर्ने धारणा राखे । उनले केहि सांसद समेत सञ्चालक रहेका बैंकर र बैंकर्श संघका अधिकारीहरु कार्यकाल तोक्न नहुने विषयमा लविङ्ग गर्दै हिडेता पनि यसो गर्दा वित्तीय क्षेत्रमा विश्वास गुम्नुका साथै धरासायी हुने बताएका छन् । बैंकका संचालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने लगायतका विषयमा आफ्नो समर्थन नरहेको समेत बताएका छन् । उनले भने “कार्यकाल तोक्न हुन्न भन्ने सबै बैंकर वा सञ्चालकहरुको धारणा हैन म पनि एउटा बैंकको अध्यक्ष हु तर म कार्यकाल नतोकेर लोकतान्त्रीक कदमबाट पछाडी हट्ने र वित्तीय क्षेत्रलाइ ध्वस्त बनाउने पक्षमा छैन । त्यसोत म अध्यक्ष भएको बैंक मर्ज हुदै छ त्यसैले पनि यसो भन्यो भन्नु होला त्यसको धेरै बैंकरहरुले बिरोध गरेका छन् ।”
उनले बैंक तथा वित्तीय संस्थालाई अझै प्रभाबकारी बनाउन र सबैको पहुचमा वित्तीय क्षेत्र पु¥याउनको लागि अझ बढि प्रभवकारी काम गर्नु पर्ने धारणा समेत राखेको छन् यसको लागि राष्ट्र बैंकले उचीत कदम चाल्नु पर्ने धितालको भनाइ छ ।