टारोन्टो, क्यानाडा । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमाप्रत्येक बर्ष संचालनगरिने “ग्लोबल भिलेज फेस्टिवल“ मा नेपाली नृत्य र लोक धूनआकर्षणको केन्द्र बनेको छ ।
मेलामानेवाःगुठीका युवा सदस्यहरुले “सयथरि बाजा एउटैताल’बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुतगर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीपबाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिरहंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो ।
दुइदिनसम्म संचालनभएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापनागरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाहगरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदस्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिनहम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपालबुथको अबलोकनगरी नेपालबारे जानकारी लिए पछि नेपालको थपप्रचार भएको मानिएको छ । अर्का सांसद ग्यांगतानले नेपाल क्यानडा मैत्री संघ स्थापनागर्नु पर्नेमाजोड दिए पछि नेपाली टोली थपहौस्सिएको छ ।
नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा बिगत १० बर्ष अगाडी स्थापित संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा नेपाली कार्यक्रम हुने गरेको छ । कार्यक्रममा अन्य मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका थिए ।