पेरिस । फ्रान्सको दक्षिणी सहर नाइसमा भएको आतंकवादी आक्रमणमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ। फ्रान्सको नाइसका एउटा अनियन्त्रिक ट्रक भिडमा प्रवेश गरेको थियो । घटनामा १५० बढी घाइते भएका छन् । फ्रान्सबासी बैस्टिल डे मनाउने क्रममा रहेका बेला ट्रक प्रवेश गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार ट्रक चालकले भिडमा ट्रक प्रवेश गराएपछि गोलीसमेत प्रहार गरेका थिए । त्यसलगत्तै वरपर लासैलस देखिएको थियो । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ । लरीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लरीमा ग्रिनेड तथा बन्दुक फेला परेको अधिकारीहरुले जनाएका छन् । यो घटना नियोजित भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले ट्रक चालकलाई गोली हानी हत्या गरेको छ। फ्रान्स प्रहरीले घटनाको छानविन गर्ने जिम्मा एन्टी टेरोरिस्ट अधिकारीलाई दिएको छ। चालकले मानिसको भिड रहेको स्थानमा करिब दुई किलोमिटर ट्रक दौडाएका थिए । त्यसपछि उनी प्रहरी कारबाहीमा मारिएका छन्