पोखरामा तेक्वान्दो सुरु पोखरा,

0
586

 ३१ असार ।  कास्की जिल्ला तेक्वान्दो सङ्घ नौ वर्ष पूरा भई १० औँ वर्षमा प्रवेश गरेको अवसरमा ‘हिमालयन कम्प्युटर प्रदेश नंं ४ स्तरीय अन्तरजिल्ला तेक्वान्दो प्रतियोगिता– २०७३’ बिहीबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । दश तौल समूहमा खेलाइने सो खेलमा प्रदेश नं ४ अन्तर्गत गोरखा, तनहँु, पर्वत, बागलुङ, म्याग्दी र कास्की गरी छ जिल्लाका ६० जना खेलाडीको सहभागिता रहेको छ । Rising Star jpgदुई दिनसम्म सञ्चालन हुने सो प्रतियोगिताको खर्च रु चार लाख ९२ हजार हुने जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन गुरुङले जानकारी दिनुभयो । विसं २०६४ मा स्थापना भएको कास्की जिल्ला तेक्वान्दो सङ्घले स्थापना कालदेखि नै तेक्वान्दो खेल विकासका लागि विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नियमितरुपमा सञ्चालन गर्दै आइरहेको छ । सङ्घले २०७२ फागुनमा पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता ‘२०१६ पोखरा विश्व तेक्वान्दो हान्मादाङ’ समेत आयोजना गरिसकेको छ । सङ्घका गतिविधिबाट तेक्वान्दो खेलको मात्र विकास नभई समग्र पर्यटन क्षेत्र समेत लाभान्वित भएको अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिताको मूल संयोजकमा कुमार गुरुङ र विभिन्न समितिअन्तर्गत संयोजकमा निर्णायक व्यवस्थापनमा सुनबहादुर लामा, आर्थिकमा बलराम लामा, टिम व्यवस्थापन तथा प्राथमिक उपचारमा ललितबहादुर धामी, हल व्यवस्थापनमा राजन पौडेल, मेडल तथा प्रमाणपत्र व्यवस्थापनमा किरण गौतम र सूचना तथा अतिथि सम्पर्क व्यवस्थापनमा कुलचन्द्र शर्मा रहेका छन् ।