धारा २९८ बमोजीम नयां सरकार बनाउन कानून बिद्हरुको सुझाव

0
594

काठमाडौँ, १ साउन । संवैधानिक कानुनका ज्ञाताले संविधानको भाग ३३ को सङ्क्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९८ लाई टेकेर नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन् । धारा २९८ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रद्वारा नयाँ सरकार गठनसम्बन्धी प्रावधानका बारेमा संवैधानिक कानुनका ज्ञाताहरुसंग राय र सुझाव लिन आज आयोजित छलफलमा उनिहरुले नयाँ सरकार गठनसम्बन्धी संविधानमा अन्योल नरहेको शीर्ष नेतालाई स्मरण गराएका हुन ।
काँग्रेस संसदीय दलको कार्यालयमा दुबै दलका शीर्ष नेताहरुले करिब १८ जना विज्ञको नयाँ सरकार गठनका व्यवस्था र जटिलता रहे नरहेका बारेमा धारणा सुन्नुभएको थियो । काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि, रमेश लेखक, दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सचेतक ईश्वरी न्यौपाने तथा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संसदीय फाँटका प्रमुख कृष्णबहादुृर महरा, नेता वर्षमान पुन, जनार्दन शर्मा,संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे सहितको सहभागिता थियो ।