टर्कीमा सैनिक बिद्रोह,करीब ९० को मृत्य ।

0
733

काठमाण्डौ १ साउन एजेन्सी। टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि शनिबार बिहान परिस्थिति नियन्त्रणमा लिने प्रयास सरकारले गरिरहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास भएको बुझिएको छ । उनि बिदामा बसेको समयमा यो प्रयास भएको थियो । करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ । उनि इस्तानबुलको विमानस्थलबाट ओर्लीए र आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद हो ।turkey

शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी समर्थक सेनासँग भिडन्त गरेका थिए ।भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाइएको छ । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् । घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन । विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने सरकारले जनाएको छ ।