बेलायतको प्रधानमन्त्रीमा महिलाको सिफारीस

0
567

साउन १ काठमाण्डौ एजेन्सी । विश्वको शक्तिशाली मुलुक अमेरिकाको आशन्न राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको दौड चलिरहेका बेला बेलायतमा महिलाको आगमन भएको छ । नेपालमा पनि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिलाले हाँकिरहेको सन्दर्भमा बेलायतमा टेरेसाको नियुक्तिले विश्वभर महिला नेतृत्वको चर्चाले व्यापकता पाएको छ । रोचक कुरा त के छ भने बेलायतका नयाँ गृहमन्त्री पनि महिला अम्मर रुद् नियुक्त हुनुभएको छ ।teresa

त्यस्तै शिक्षामन्त्रीमा पनि महिला जस्टिङ ग्रिनिङ नियुक्त हुनुभएको छ । बिबिसीका अनुसार मेले क्यामरुनको पालामा भन्दा अक्ब्रिजबाट शिक्षा पाएका धेरैजनालाई मन्त्रिपरिषद्मा सहभागी गराएर पनि नयाँपन दिन खोजेको देखिन्छ तर युवामन्त्री बनाउने सन्दर्भमा उहाँले क्यामरुनलाई जित्न सक्ने छाँट छैन । बेलायतको ‘द गार्जियन’ पत्रिकाले मन्त्रिपण्डलको गठनमा टेरेसाले क्यामरुनकालीन समयबाट फड्कोमार्दै सबैलाई आश्चर्य तुल्याएको भनी टिप्पणी गरेको छ । आफ्नो मन्त्रिमण्डलमा लण्डनका पूर्व मेयर जो विवादमुक्त होइनन् बोरिस जोन्सनलाई विदेशमन्त्रीमा नियुक्ति दिएकाले पनि टेरेसाको सत्तायात्रा आरम्भमै थप चर्चित बन्न पुगेको छ । जनमत सङ्ग्रहमा बेलायतले इयू छोड्नुपर्ने बे्रक्जिट अभियानका एक खम्बा मानिने बोरिसको नियुक्तिलाई कतिपय मुलुकले आलोचनाको दृष्टिले हेरेका छन् ।प्रधानमन्त्रीबाट बाहिरिनुअघि क्यामरुनले आफ्नो उत्तराधिकारी मेलाई बेलायत इयूबाट बाहिरिने प्रक्रिया थाल्दा ऊसँगको सम्बन्धलाई निकट एवम् सुमधुर राख्न दिएको ध्यानाकर्षण नयाँ प्रधानमन्त्रीका लागि एक चुनौतीपूर्ण कार्य हुनेछ ।