गोबिन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन

0
727

काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध आमरण अनशनमा रहनु भएका डा गोविन्द केसीको समर्थनमा स्वतःस्फुर्त युवाहरुले काठमाण्डौमा प्रदर्शन गरेका छन् ।

डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।dr k c

प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत हजारौले सहभागिता जनाएका थिए ।

प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताउनुभयो । उहाँले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पार्नुभयो ।