जुडो टोली आज स्वीट्जरल्यान्ड जाँदै

0
934

काठमाडौ, २ साउन । नेपाली जुडो टोली युथ ट्रेनिङ क्याम्प २०१६ मा सहभागी हुन आज स्वीट्जरल्यान्ड जाँदैछ । दुई खेलाडीसहित तीन सदस्यीय टोली आज स्वीट्जरल्यान्ड जाने भएको हो । खेलाडीमा इन्द्रबहादुर श्रेष्ठ र मनीता श्रेष्ठ प्रधान रहेका छन् । दुवै १२ औं दक्षिण एसियाली खेलकुद  सागका पदक विजेता हुन् । भारतमा गत फेब्रअरीमा सम्पन्न सागमा इन्द्रले कांस्य र मनीताले रजत जितेका थिए । प्रशिक्षकमा लक्ष्मी तामाङ रहनुभएको छ । युथ ट्रेनिङ क्याम्प क्याम्प जुलाई १८ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ ।