साउन २ काठमाण्डौ । चिकित्सा क्षेत्रमा देखिएका बिकृती र बिसंगती हटाउनु पर्ने आम जनताको माग लिएर आमरण अनसनमा बसेका त्रि बि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको माग गलत भएको भन्दै राजधानीमा बिरोध प्रदर्शन भएको छ । यसरी आन्दोलनको अगुवा गर्ने अरु कोही नभएर देशले राम्रा ब्यक्ति भनेर स्विकारेका ब्यक्ति नै छन् । उनको नाम हो स्त्रीरोग बिशेषज्ञ डा भोला रिजाल । उनि अोम अस्पताल एण्ड रिसर्चसेन्टरका अध्यक्ष तथा निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकहरुको छाता संगठन अफिनको पूर्व अध्यक्ष पनि हुन ।
खासमा डा रिजालले बिगतमा गरेका कामहरुका कारण उनि आंखामा राखे पनि नबिझाउने जस्ता लाग्द्थ्यो केहीलाई तर सार्वजनिक नभएका डर लाग्दा उनका धेरै करतुतहरु पर्दा पछाडी नै छन् । एउटा बच्चा जन्माउंदा लाखौ कुम्ल्याउने डा रिजालको पर्दा अब खुल्नै पर्छ ।आइतबार उनको नेतृत्वमा करीव एक सय जना चिकित्सा शास्त्रमा अध्ययन गर्दै गरेका बिद्यार्थीहरुलाई प्रयोग गर्दै उनले जे गरे त्यसबाट स्पष्ट हुन्छ डा रिजाल पनि माफीयाहरुको चङगुलमा फसिसकेका रहेछन् । होइन भने उनी जस्ता सन्त चिकित्सक कीन ओर्लिए त सडकमा ? उनको अगुवाइमा भएको आन्दोलनमा ३ वटा मात्रै निजि अस्पताल तथा मेडिकल कलेजले ब्यानर प्रदर्शन गरे तर केसी को आन्दोलनले सबैभन्दा धेरै टाउको दुखेको प्रस्तावित मनमोहन मेडिकल कलेजले पनि समर्थन गरेन । उल्टै मनमोहनका एक निर्देशकले केसीको आन्दोलनको बिरोध गर्नुको कुनै अर्थ नभएको भन्दै भोला रिजालको आन्दोलनमा आफुहरुको समर्थन नरहेको बताए ।
भोला रिजालले यति सम्म तल्लो स्तरको काम गर्छन भन्ने अनुमान सम्म पनि नगरेको धेरै मौन बसेका चिकित्सकहरुको भनाईले पनि डा रिजाल परिचालित भएको पुष्टि गर्ने चिकित्सकहरुको बुझाई छ । डा रिजालको आन्दोलन केसीले उठाएको भन्दा पनि गम्भीर भएको डा रिजालको दावी छ । चिकित्सा क्षेत्रमा सुधारको चाहना बोकेका रिजालले यस क्षेत्रको सुधारको लागि निरन्तर ज्यानको बाजी राखेर आन्दोलनमा होमिएका डा के सी को समर्थन किन गरेनन् ? उनले यो प्रश्नको पनि जवाफ दिन जरुरी छ की उनि माफियाको चंगुलमा फसेका होइनन् भने कीन जधाभावी मेडिकल कलेज खोल्नु पर्यो भन्दै आन्दोलनको नौटङकी गरिरहेका छन् ।