उदयपुर, ३ साउन । उदयपुरमा रहेको नेपाल सरकारको सवैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योग अर्वौ घाटामा रहेको रहस्य खुलेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१र०७२ मा गरेको आर्थिक सर्वेक्षणमा ३ अर्व ७१ करोड २८ लाख घाटमा भएको रहस्य खुलेको छ । अर्थ मन्त्रालयले सार्वजानिक सँस्थानको वार्षिक समिक्षा २०७३ को एलो बुकमा उदयपुर सिमेन्ट उद्योग अर्वौको घाटमा रहेको उल्लेख गरेको छ । आर्थिक वर्ष ७१\०७२ मात्र १७ करोड ९० लाख घाट भएको एलो बुकमा देखाइएको छ । उद्योगले नेपाल सरकारलाई बुझाउनु पर्नेसाँवा मात्र १ अर्व १७ करोड ५० लाख रहेको र व्याँज मात्र १ अर्व २२ करोड ९६ लाख रहेको छ । मन्त्रालयको एलोबुकमा उद्योगले अन्य क्षेत्रबाट ऋण मात्र ३ अर्व ४० करोड लिएर लगानी गरेको समेत उल्लेख गरिएको छ । जसमा ७ अर्व ६९ करोड ५ हजार शेयर लगानी छ । उद्योगले नेपाल सरककारलाई तिर्नु पर्ने कुनै पनि आयकर, रोयल्टी, अन्त शुल्क लगायतका शुल्क समेत गएको आव ०७२ असार मसान्तसम्म नतिरेको पहेंलो किताबमा देखाईएको छ । उद्योगको अन्तिम लेखपरिक्षण आर्थिक वर्ष २०६५र०६६ सम्म मात्र भएको छ ।