आइएस केन्द्रित हवाइ आक्रमणमा १६ निर्दोश मारिए !

0
369

काठमाण्डौ ३ साउन एजेन्सी । इस्लामिक स्टेट्स समूहलाई लक्ष्यगरी सिरियाको प्रान्तीय राजधानी राकामा सोमबार बिहान गरिएको हवाई आक्रमणमा १६ जना सर्वधारणको ज्यान गएको छ । केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही जारी राखेको छ । हवाई आक्रमणमा परि छ बालबालिकासहित १६ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रसियाली समर्थक सेनाबाट भएको हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । सेनाको हवाइ आक्रमणमा आइएसका लडाकूलाई असर नपरेको जनाइएको छ ।