काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्ती बीच भेटबार्ता भएको छ। सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न प्रधानमन्त्रिले घर्तीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएकोउहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गत असार २९ गते नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस सहितका दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन । सो दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक,२०७३ र ऋण तथा जमानत ९२१औँ संशोधन० विधेयक,२०७३ मा छलफल गर्ने कार्यसूची थियो । सभामुखले अविश्वासको प्रस्तावमा यही साउन ६ गतेदेखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ । प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले सो विषयमा विभिन्न दल र सम्बन्ध पक्षसँग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने विश्वास दिलाउनुभयो ।