सरकारविरुद्ध ‘कु’गर्नेहरुलाई पक्राउ गर्ने क्रम जारी

0
854

 टर्की, ५ साउन ।  टर्कीमा सरकारविरुद्ध ‘कु’गर्नेहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको छ । ‘कू’ मा संलग्न रहेको आरोपमा अहिलेसम्म विभिन्न सरकारी सेवामा रहेका ४५ हजार व्यक्तिलाई कारवाही गरिएको छ । ती मध्ये केही हजार व्यक्तिलाई सेवाबाट अपदस्थ गरिएको छ भने धेरै संख्यामा निलम्बनमा परेका छन् । सरकारले शिक्षा विभागसँग सम्बन्धित १५ हजार कर्मचारीलाई निलम्बन गरेको छ भने २१ हजार शिक्षकको लाइसेन्स रद्द गरिएको छ । साथै विश्वविद्यालयका १५ सय डीनलाई राजीनामा दिन निर्देशन दिइएको छ । राष्ट्रपति रेचेप तैयब अर्दोगानले विद्रोहमा सहयोग गर्ने हरेकलाई राज्यका अंगबाट निकाल्ने घोषणा गर्नु भएको छ ।  कू मा संलग्न भएका हजारौं सुरक्षाकर्मीलाई पनि पक्राउ गरिएको छ । तर मानवअधिकारवादी सस्थाहरुले पक्राउ र त्यसपछिको यातानाको कडा विरोध गरेका छन् ।