टेस्ट क्रिकेट कायम हुनुपर्ने ह्वाइटको जिकिर

0
564

 श्रावण ५, २०७३ ।  न्युजिल्यान्ड क्रिकेट प्रमुख डेविड ह्वाइटले मंगलबार टेस्ट क्रिकेटको पछिल्लो ‘पिन्क बल’ स्वरूप कायम राख्नुपर्ने जिकिर गरेका छन् । उनले टेस्टलाई चार दिनमा छोट्याउने र दुई डिभिजनको ढाँचामा लाने योजनाको पनि समर्थन गरे । टवान्टी टवान्टी क्रिकेटको जमानामा टेस्ट क्रिकेट आफ्नो अस्तित्व जोगाउन संघर्षरत रहेको छ । त्यसै कारण गत वर्ष पहिलो पल्ट फ्लड लाइट्समा डे–नाइट क्रिकेट खेलिएको थियो । त्यसमा पिन्क बल प्रयोग भएको थियो । अस्ट्रेलियाविरुद्ध एडिलेड ओभलमा भएको डे–नाइट टेस्टमा न्युजिल्यान्ड सहभागी भएको थियो । हवाइटले त्यस टेस्टलाई क्रिकेटको ऐतिहासिक उपलब्धि रहेको बताए । उनले टेस्ट क्रिकेटमा थप सुधार हुनुपर्ने पनि बताए । उनले त्यसका लागि पहिलो उपाय पाँच दिनको टेस्टलाई चार दिनमा झार्नुपर्ने बताए । यसले खेलाडीमाथिको बोझ कम हुने र टेस्ट सिरिजको कार्यक्रम पनि छोटिने बताए । टेस्टलाई चार दिनमा छोट्याउने उपाय सबैभन्दा पहिले अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरले अगाडि सारेका थिए र त्यसलाई अस्ट्रेलियाका अरू सफल खेलाडी सेन वार्न र ग्रेग च्यापले समर्थन गरिरहेका छन् ।

यस्तै इंग्लिस क्रिकेट बोर्डका प्रमुख कोलिन ग्रेभ्सले पनि त्यसलाई समर्थन गरेका छन् । ‘यो उपायमा हामी गम्भीर हुनु नै पर्छ,’ हवाइटले भने । उनले टेस्ट क्रिकेटमा दुई डिभिजन हुनुपर्ने मागको पनि समर्थन गरेका छन्