सरकारको लोकप्रियताबाट डराएर अबिश्वासको प्रस्ताब नल्याउन सुझाब ओली

0
562

काठमाडौ, ५ साउन ।  प्रधानमन्त्री केपी ओलीले सरकारको लोकप्रियताबाट डराएर अविश्वासको प्रस्ताव नल्याउन आग्रह गर्नु भएको छ । नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी गर्नुभयो । उहाँले संसद्लाई मर्यादित संस्था बनाउनुपर्ने भन्दै संसद मनपरि गर्ने ठाउँ नभएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले गायब बनाइएको विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा आफूहरुले खोज्नुपर्ने भन्दै बलजफ्ती गरेर अघि नबढ्न आग्रह गर्नुभयो । उहाँले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा महासंघका अध्यक्ष विष्णु रिमालले सरकारको नीति कार्यक्रम र बजेटमा मजदुरका मागको पर्याप्त सम्बोधन गरेको बताउनुभयो ।