नेपाल पौडी संघले ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने ओलम्पिकमा आफ्नो खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेको खण्डमा मात्र पनि ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ। आउँदो अगष्टदेखि रियो ओलम्पिक सुरु हुँदैछ। यसपालि ओलम्पिकमा शिरिष गुरुङ र गौरिका सिंहले भाग लिदैछन् शिरिषले सय मिटर फ्रिस्टाइल र गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन्। हाल पुरुष सय मिटर फ्रिस्टाइलको ५८ दशमलव २२ सेकेन्डको राष्ट्रिय कीर्तिमान शिरिषकै नाममा छ। गौरिकाका नाममा पनि सय मिटर ब्याकस्ट्रोकको कीर्तिमान १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको छ ।