संसद बैठक आज पनि निष्कर्ष बिहिन

0
528

 काठमाडौ, ६ साउन ।  व्यवस्थापिका संसदको बैठक सुचारुका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव अघि सार्नुभएको छ । बिहीबार बसेको प्रमुख शीर्ष दलसँगको छलफलका क्रममा पौडेलले कांग्रेस र माओवादीसहितका दलहरूले पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न सझाउनुभएको हो । पहिले अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्रीले राजीनामा गर्ने प्रस्ताव राखेको पौडेलले जानकारी दिनुभयो । पौडेलले भोलिसम्ममा निष्कर्षमा पुगिने दाबी गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण वहादुर महाराले पनि बिभिन्न प्रस्तावमा छलफल भईरकेको जानकारी दिनुभयो । संसद बैठकको कार्यसूचीबारे तीन दलका शीर्ष नेता र सभामुख ओनसरी घर्तीबीच भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि बिहीबारको बैठक शुक्रबारका लागि सारिएको छ ।