साउन ६ काठमाण्डौ प्रकाश चन्द्र दाहाल । विश्वको आर्थिक राजधानी अमेरिकाको न्युयोर्कमा आगामी सेप्टेम्बरको अन्त्यमा नेपाली व्यापार मेला भब्यरुपमा सम्पन्न हुने भएको छ । मेला आयोजक वल्र्ड बिजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्युयोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर दुईसम्म नेपाली व्यापार मेला हुने जनाएको हो । पत्रकार सम्मेलनमा मेलामा सहभागी बिभिन्न साझेदार संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका छन् । नेपाल अमेरीका चेम्बर अफ कमर्शका निर्देशक किरण शाखले अमेरिका पुगेर ब्यापार खोज्न चुनौती हुने कुरा ब्यक्त गर्नुभयो । दशैको नजिकै भएकाले केहीलाई इच्छा भएर पनि जान आनाकानी गरेको कुरा मणी रत्न शाक्यले बताउनु भएको छ । नाटाका अध्यक्ष मधु शर्माले पर्यटन ब्यबसयी उत्सुक भएको कुरा ब्यक्त गर्नुभयो। त्यसैगरि हस्तकला महासंघका निर्देशक डा। गोबिन्द प्रशाद रेग्मिले यती राम्रो कार्यक्रममा खुट्टा तान्ने प्रब्रित्ती राम्रो नभएको बताउनुभयो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण प्रशाद लामिछानेले प्रेस बिज्ञप्ति बाचन गर्दै पत्रकार तथा अन्य सहभागिको जिज्ञासा को जबाफ दिनु भयो। साथै पत्रकार सम्मेलनमा मेलामा सहभागी हुन जान लागेका कम्पनिका प्रतिनिधिको पनि उपस्थिती थियो । पत्रकार सम्मेलनमा मेलाको सफलताको बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्ट अमेरिकास्थित मेरिल्याण्ड राज्यमा दर्ता भई आधिकारिकता प्राप्त गरेको संस्था हो । नेपाल र अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपालीलाइ अवसर प्रदान गर्न मेला आयोजना गरेको आयोजकले जनाएको छ । त्यस्तै नेपाली उत्पादनका ६६ वटा बस्तुमा अमेरिकाले दिदै आएको भन्सार छुटको फाइदा नेपाली व्यवसायीहरुले उठाउन सक्ने आयोजक वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
मेलाको प्रद्र्धकहरुमा नेपाल पर्यटन बोर्ड, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नेपाली कफि व्यवसायी महासंघ, नेपाल ह्याण्डमेड पेपर एसोसियसन, नेपाल सुन चा“दी व्यवसायी महासंघ लगायत संघसंस्थाहरु रहेको लामिछानेले जानकारी दिनुभयो ।
मेलामा नेपाली समुदाय, भुटानी, इटालियन, बंगाली, पाकिस्तानी, स्पेनिस, चाइनजि, लगायत अमेरिकी व्यापारीहरुको सहभागिता रहनुका साथै मेलामा नेपाल सरकारका प्रतिनिधि, उद्योगी व्यवसायी प्रतिनिधि तथा अमेरिकी सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुको आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने आयोजकले जनाएको छ ।
मेलामा सहभागिताका लागि छनौट भएका उद्योगी, व्यवसायीहरुलाई सेप्टेम्बर २८ सम्ममा न्युयोर्कमा पुग्ने गरी जहाजको टिकट बुकिङ गरिएको आयोजकले जानकारी गराएको छ ।
यस्तै मेलामा सहभागी हुने व्यवसायिक संस्थाले कम्तीमा दुई बर्ष उत्पादन गरेको हुनुपर्ने, स्वदेशी तथा विदेशी मेलाको अनुभव हासिल गरेको हुनुपर्ने, सरकारी कर तिरेको हुनुपर्ने आयोजकले सर्त राखेको छ ।