राष्ट्रपति र प्रचण्ड बीच भेटवार्ता

0
514

काठमाडौँ, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समदझारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष दाहाललाई दिलाउनुभएको थियो ।

भेटमा अध्यक्ष दाहालले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताउनुभएको जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्छाँै भन्नुभयो । भेटमा उहाँले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ भन्नुभएको थियो ।