काठमाडौँ, ९ साउन । प्राकिृतिक बिपतका कारण बर्सेर्नी सर्बसाधारण जनताले भोग्नु परेको जनधनको क्षति सँगै पिडा त हामीले महसुस गरिनै रहेका र्छौँ । त्यस्तै २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पनि आम मानिसको मस्तिस्कमा आज सम्म ताजै छ र त्यसको त्रास मेटिन सकेको छैन । जसका कारण ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो । तीनवटै जिल्लाका ५१३ जना भूकम्प प्रभावित व्यक्तिसँग गरिएको अनुसन्धानमा उदासीनताको समस्या देखिएको छ । त्यस्तै ३०।८ प्रतिशतमा चिन्ता, २०।४ प्रतिशतमा लागुपदार्थ तथा दुव्र्यसनीको समस्या, १०।९ प्रतिशत व्यक्तिमा आत्महत्याको समस्या र ५।२ प्रतिशतलाई आघातजन्य घटना भएको जनाइएको छ । अनुसन्धान प्रमुख नगेन्द्र लुइँटेलले मानसिक समस्याबाहेक ८२।९ प्रतिशत व्यक्तिमा अझै डर, ५५।८ प्रतिशतमा निद्राको समस्या, ३२ प्रतिशत व्यक्तिलाई बिनाकारण चिन्ता लाग्ने, ३१ प्रतिशतमा खाना खान मन नलाग्ने गरेको बताउनुभयो । यस्तै उहाँले ३०।९ प्रतिशतलाई केही काम गर्न जाँगर नलाग्ने, २८।९ प्रतिशत व्यक्ति टोलाइ रहने, २१।३ प्रतिशत व्यक्तिलाई अझै पनि भूकम्प आउँछ कि भन्ने डर हुने गरेको बताउनुभयो । अनुसन्धानले ६० प्रतिशत व्यक्तिमा बस्ने ठाउँको आवश्यकता रहेको, ४१ प्रतिशत व्यक्तिले तनाव व्यवस्थापन र मानसिक समस्याको सहयोग खोजेको, ४१ प्रतिशतले जीविकोपार्जनको खोजी, ३३ प्रतिशतले खानेपानीको राम्रो प्रबन्ध नभएको, ३० प्रतिशतले शौचालय समस्या, २३ प्रतिशतले सरसफाइ, २३ प्रतिशतले नियमित खानाको समस्या रहेको बताएको लुइँटेलले बताउनुभयो । भूकम्पले आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै चार लाख मानिस विस्थापित भएका थिए ।