स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्ताव अब्याबहारीक : कांग्रेस

0
399
नेपाली काँग्रेश

साउन ११ काठमाण्डौ । नेपाली कांग्रेसले एकैपटक गाबिसको संख्या कटौती गर्ने कुरा व्यवहारिक नभएको निष्कर्ष निकालेको छ।
३२ सय गाबिसबाट एकैपटक ५ सय ६५ गाविस कायम गर्ने स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्ताव ब्यवहारिक नभएको कांग्रेसको निष्कर्षनिकालेको हो ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसेको शीर्ष नेताहरुको बैठकले एकैपटक घटाउँदा जनातालाई आवश्यक सेवा पुर्याउन नसकिने भएकाले संख्या केही बढाउनु पर्नेमा जोड दिएको छ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको संख्या एकैपटक झार्नु व्यवहारिक नभएको भन्दै यसमा फेरि शीर्ष दलहरु बसेर छलफल गर्नु आवश्यक रहेको वताए।

अर्का नेता विमलेन्द्र निधिले जनताले गाविसबाट काम गर्दै आएको अवस्थामा एकैपटक असहजता हुने गरी गाविसको संख्या कटौती गर्न नहुने वताए।
वैठकले स्थानीय निकायको पुनःसंचरनालाई व्यवहारिक बनाउने विषयमा अन्य दलहरुसँग छलफल समेत गर्ने निर्णय गरेको छ शीर्ष नेताहरुको बैठकमा सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, बालकृष्ण खाँड,डा रामशरण महत, अर्जुननरसिंह केसी,लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।