खहरे खोला गाँउ छिरेपछी सुकुम्बासी बस्तीको उठिबास

0
419

उदयपुर,११ साउन ।  लगातार परेको अबिरल वर्षा को कारण देशभरका बिभिन्न भुभागमा जनधनको क्षति पुर्याई रहेको बेला उदयपुरको कटारी नगरपालीकाको वडा.नं.५ कल्याणपुरमा रहेको तटबन्धन फुटाएर खहरे खोला गाँउ छिरेपछी सुकुम्बासी बस्तीको उठिबास भएको त्यहाँका सचिब सन्जीब कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’निरन्तर परेको बर्षाले कल्याणपुरको पुरै बस्ती डुबेको र सम्पूर्ण क्षति भएको छ ।’ अहिले जोखिम न्युनीकरणको लागी नगरपालिकाको सहयोगमा जाली र तटबन्ध लगाइएको छ । त्यसपछि स्थानीय बासीन्दाले केहि राहत महसुस गरेका छन् ।