अन्धाधुन्द चक्कु प्रहार बाट १९ मारिय ।

0
296

टोक्यो (जापान) ।  जापानमा एक व्यक्तिले अपांगता आवासीय क्षेत्रमा प्रवेश गरी अन्धाधुन्द चक्कु प्रहार गर्दा १९ जनाको हत्या गरेका छन् । टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गरि कम्तिमा १९ जनाको हत्या गरेका हुन् । मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको आवासीय केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षीय सातोशी उएमाट्सुलाई प्रहरीले पक्राउ गरेको वीवीसीले लेखेको छ । आक्रमण के कारणले गरियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त व्यक्तिको उमेर २६ वर्ष वरपर रहेको छ । उनी अपांग पुनःस्थापना केन्द्रका पूर्व कर्मचारी हुन् । जापानमा यसप्रकारको घटना सामान्यतः कमै हुने गर्दछ । यद्यपि सन् २००१ र २००८ मा पनि छुरा प्रहारका घटना भएका थिए । त्यतिबेला सात र ८ जना मारिएका थिए । (