ढाकामा मंगलबार कारबाहीमा ९ जना मारिए

0
512

ढाका (बंगलादेश) :   बंगलादेशको राजधानी ढाकामा मंगलबार बिहानै संचालन गरिएको एउटा प्रहरी अभियानमा नौ जना चरमपन्थी मारिएका छन् । ढाका प्रहरीका अनुसार ढाकाको कल्याणपुर क्षेत्रमा चरमपन्थी समूह रहेको स्थानमा गरिएको कारबाहीमा ९ जना मारिएका हुन् । प्रहरीले सोमबार रातिबाटै कल्याणपुरस्थित एउटा भवनलाई घेरा हालेको थियो । प्रहरी र चरमपन्थीबीच भएको दोहोरो गोली हानाहानमा ९ जना चरमपन्थी मारिएको प्रहरीले जनाएको छ। प्रहरीले मंगलबार बिहान भवनमा आक्रमण सुरु गरेको थियो । ढाका प्रहरीका बरिष्ठ अधिकारी मसुद अहमदले खोजविन जारी रहेको बताए ।