साउन १२ काठमाण्डौ प्रकाश चन्द्र दाहाल । अमेरिकाको प्रमुख ब्यापारीक केन्द्र न्यूयोर्क को म्यान्ह्याटनमा आगामी सेप्टेम्बर ३० देखी अक्टोबर २ सम्म हुन लागेको ब्यापार मेलामा सहभागी हुनेहरुको टुङगो लागेको छ ।
नेपाल बाट ३२० कम्पनीले आबेदन दर्ता गराएको र भिषाको प्रकृया सुरु भैसकेको छ ।
आफुले उत्पादन गरेक बस्तुहरु बिभिन्न कार्गो मार्फत अमेरिका पठाउने कार्य पनि प्रारम्भ भएको आयोजक वल्र्ड बिज्नेश मेनेजम्येन्ट एण्ड कन्सल्टयान्टले जनाएको छ ।
पश्मिना , हस्तकलाका सामाग्री , छाला जन्य उत्पादन, कृषिजन्य उत्पदन लगायत बिभिन्न् ६६ वटा बस्तुमा अमेरीकी सरकारले भन्सार छुटको ब्यबस्था गरेकाले यसको फाइदा लिन यो मेला फलदायि हुने मेलामा सहभागी हुन लागेका ब्यबसायीको भनाई छ ।
यो प्रदर्शनीबाट सामान बिक्री भन्दा पनि दिगो रुपमा अन्तराष्ट्रिय ब्यापार फैलाउन सहयोगसिद्ध हुने सहभागीहरुको बुझाई छ ।
भिसा पाउने नपाउने भन्ने कुरा कम्पनीको स्थितीमा निर्भर हुने भएको भिषाको ग्यारेन्टी भने आयोजकले लिएको छैन् । नेपालबाट मेलामा सहभागी हुने ब्यबसायीहरुको लाभका लागि मेलामा अमेरीकी नागरीकहरुको ब्यापक उपस्थिती गराउन प्रचार प्रसारमा ठूलो रमक लगानी गरेको आयोजक संस्थाका निर्देशक कृष्ण प्रसाद लामिछानेले सञ्चारखवरलाई जानकारी दिनु भयो ।
मेलामा प्रतिष्ठित ब्यबसायीको जमघट गराउन अमेरिकाका स्थापित मिडिया हाउसको प्रयोग गरिरहेको लामिछानेले बताउनु भयो ।
धेरै भन्दा धेरै क्रेताको उपस्थिती होस् भन्ने कुरामा हामी सचेत छौ, यसका लागि बिभिन्न किसिमका प्रचारात्मक अभियान भैरहेको वोर्ल्ड बिजनेस म्यानेज्मेन्ट का अध्यक्ष बुद्धी प्रसाद रेग्मीले अमेरीकाबाट सञ्चारखवरलाई जानकारी दिनु भयो।
अमेरिकाका क्रेता जस्लाई यो मेलाको बारेमा जानकारी छ उनीहरु निकै उत्साहित पनि रहेका छन रेग्मीले भन्नु भयो ।
उनिहरु मात्र नभएर अमेरीकामा भएका नेपाली तथा भुटानी समुदायमा मेला कहिले हुन्छ भन्ने कौतुहलता बढाएको छ ।