‘जय पर्यटन, जय भिटोफ’ गगनराज न्यौपाने

0
759

Gagan Raj Neupaneसाउन १२ काठमाण्डौ, गाउँ पर्यटन प्रर्बद्धन मञ्च भिटोफ नेपालको आगामी चुनाव यही आउदो साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम जारी छ ।

हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थापा, ध्रुव सिंखडा र कमल सापकोटा छन् ।

महासचिवमा उम्मेदवारी घोषणा गर्नेमा गगनराज न्यौपाने (माली) छन् । न्यौपाने पर्यटन क्षेत्रलाईनै अध्ययनको विषय बनाई यसै क्षेत्रमा जीवन व्यतीत गर्दै आइरहेको एक युवा पर्यटन व्यवसायी हुन् । गाँउ पर्यटन विषयमा खोज तथा राम्रो अध्ययन गरेका न्यौपाने यस क्षेत्रको अझ विकास राजनीतीमा भन्दा पनि व्यवसायीकतामा ध्यान दिनुपर्नेभन्दै तथा पर्वद्धनमा आफ्नो सशक्त भूमीका नीर्वाह गर्नको लागी यस चुनावमा आफुले उम्मेदवारी दिएको वताउछन् ।