विमानस्थल नजिकै बम विस्फोट,१३ मारीय

0
551

 मोगादिसु, 12, साउन ।  सोमालियाको राजधानी मोगादिसु विमानस्थल नजिकै मङ्गलबार भएको दुई भीषण बम विस्फेटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको समाचार छ । सो विस्फोट मोगादिसु विमानस्थल नजिकै जोडिएको संयुक्त राष्ट्र सङ्घ र अफ्रिकन युनियनको भवननजिकै भएको बताइएको छ । प्रहरीका अनुसार यस आत्मघाती आक्रमणको जिहादी साबाब समूहले जिम्मा लिएको छ । अल कायदासँग आवद्ध यस साबाब समूहले सोमालिया र छिमेकमा रहेको राष्ट्र केन्यामा भएको रक्तपातपूर्ण आक्रमणको जिम्मा लिदै आएका छन् । सो समूह अन्तर्राष्ट्रिय समर्थन रहेको सोमालिया सरकारलाई फ्याक्न लडाई गरिरहेका बताइएको छ । विमानस्थलनजिकै रहेको प्रहरी चौकी र संयुक्त राष्ट्र सङ्घीय परिसरनजिकै सो आत्मघाती विस्फोटहरु गराइएको थियो । एएफपीका एक पत्रकारका अनुसार यस इलाकामा गोलाबारीको पनि आवाज सुनिएको थियो । आतङ्ककारी समूह साबाबले प्रकाशित गरेको एक विज्ञप्तिमा लडाकूहरुले गरेको सो आक्रमण आत्मघाती भएको जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार विहान ०९ बजे भएको यस आक्रमण कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको एकिन सङ्ख्या भने समाचारमा दिइएको छैन् ।