पार्टी एकता हुने निश्चित :अध्यक्ष राणा

0
470

 काठमाडौ, १३ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकाले पार्टी एकता हुने निश्चित भएको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौमा गरेको साक्षातकारमा अध्यक्ष राणाले राप्रपा नेपालसँगको पार्टी एकता हुने र हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको बताउनुभयो । उहाँले अब हुने पार्टी एकता कहिल्यै नफुट्नेगरि हुने एकता हुने समेत दाबी गर्नुभयो । अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने वा नहुनेवारे अहिले छलफल भैरहेको स्पष्ट पार्नुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त  गर्नुभयो । उहाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो ।