प्यूठान, १४ साउन । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिएपनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पु¥याउन कठिनाइ भएको हो ।
राहत सामग्री ढुवानी गर्न फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरेपनि केन्द्रबाट हेलिकोप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताउनुभयो ।
प्यूठानमा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु तथा झण्डै ३०० घर परिवार विस्थापित भएका छन् । पहिरोमा परी मृत्यु भएकाको आफन्त र विस्थापित भएका व्यक्तिलाई खानेपानी, स्वास्थ्य सेवा तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयबासिन्दा तथा उद्धार तथा राहत वितरणमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताउनुभयो ।
प्रजिअ जनकराज पन्तले पीडित परिवारकालागि तत्कालीन रुपमा रु आठ÷आठ हजार राहत वितरण गरिएको बताउनुभयो ।