बर्षाका कारण भूकम्प पिडीतको बीजोग ।

0
528
e"sDk uPsf] Ps aif{kl5sf] z'qmaf/sf] uf]/vf af/kfssf] b[Zo . af/kfsjf;Ln] lqkfn 5f8]/ 6x/f]df a:g Ps aif{sf] ;do kv{g'k¥of] . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

काठमाण्डौ १४ साउन । लगातारको बर्षाका कारण ७२ बैशाख १२ का भूकम्प पिडीतहरु सबैभन्दा बढि प्रभावित भएका छन् । अबिरल बर्षाका कारण बालबच्चा तथा बृद्ध बृद्धा सबैभन्दा बढि प्रभावित भएका छन् । सरकारले घर भत्काउने र बनाउने अनुमती समेत नदिएका कारण ग्रामीण भेगका भूकम्प पिडीतहरु आज सम्म पनि जस्ताको टहरोमा जीवन गुजारा गर्न बाध्य छन् । भूकम्प अति प्रभावित १४ जिल्लाका ५ लाख बढि भुकम्प पिडीतहरु राज्यको आशमा बस्दा बस्दै घर न घाटका भएका छन् भने राजधानी काठमाण्डौ लगायत शहरी क्षेत्रमा पनि समस्या जस्ताको तस्तै देखिएको छ । भक्तपुर नगरपालिका–५ याछेंका घर भूकम्पले भत्काएपछि देकोचास्थित शिविरमा बस्दै आएका पञ्चनारायण सितिखुको परिवार लगातारको झरीले बिचल्लीमा परेका छन् ।

लगातार पानी परेपछि सितिखुको परिवार जस्तै भक्तपुर नगरपालिका वडा नं ४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका २५० भन्दा बढी परिवार बस्दै आएका देकोचास्थित शिविरका पीडितको दैनिकी निकै कठिनसँग बितेको छ ।

भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि त्रिपालमुनी बास बस्दै आएको नापितको परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५२ परिवारको अवस्था पनि उस्तै छ ।

भूकम्पपछि शिविरमा बाँडिएको त्रिपालमा आश्रय लिँदै आएका यहाँका भूकम्पपीडित त्रिपालबाट पानी चुहिने भएपछि रातभरी सुत्नसमेत पाउँदैनन् । नापित भन्नुहुन्छ, “यही त्रिपालमा बसेको १४ महिना बितिसक्यो, चुहिएर पानी थेग्नै सक्दैन, फेरि माथिबाट आउने पानीको भेल पसेपछि झन् समस्या परेको छ ।”वृद्धवृद्धा, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइँ निकै कष्टकर बनेको छ ।