ओबामाको समर्थनमा हिलारीको उम्मेद्धारी घोषणा

0
461

साउन १४ काठमाण्डौ,एजेन्सी। डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ ।
यस अघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाउनु भएको छ ।
उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा बृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताउनु भयो । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताउनु भएको छ ।
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पाल्नु भएकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गर्नु भएको थियो ।