पश्चिमी क्षेत्रमा अझै केहि दिन बर्षा हुने ।

0
586

काठमाडौँ, १६ साउन । मनसुनी गतिविधिको सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएका छन् । देशको पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । खासगरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक÷दुई दिन भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कडेलले सञ्चारखवरलाई जानकारी दिनुभयो ।